हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

दुर्गा प्रसाई रिहाइको खुशीमा दमकमा दीप प्रज्वलन

झापा, साउन २१ । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई कारागार मुक्त भएपछि उनका समर्थकहरूले झापाको दमकमा दीप प्रज्वलन गरेका छन्।

Advertisement

आइतवार साँझ दमक-६ स्थित गणतन्त्र चोकमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ दमक नगर समितिको आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

Advertisement

कार्यक्रममा अभियानका केन्द्रीय सदस्य एवं ऋणी एशोसिएसन झापा जिल्ला अध्यक्ष विक्रम ताजपुरियाको नेतृत्वमा करिब २० जना सहभागी थिए। उनीहरूले प्रसाईको रिहाइलाई ‘राष्ट्रवाद र धर्म-संस्कृतिको विजय’ भन्दै खुशीयाली मनाएका थिए।

चार महिना अघिदेखि हिरासतमा रहेका प्रसाईलाई उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा गरिएको हो। उनी आइतवार राति कारागार मुक्त भएका हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)