हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नर्सिङ होममा आगलागी हुँदा ११ जनाको मृत्यु, चार जनाले भागेर ज्यान बचाए

मस्को ३० मङ्सिर-  रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृ,त्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ ।

Advertisement

मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आगलागी भएको रूसी अधिकारीले बताएका छन् । अग्नि नियन्त्रक टोली पुग्नु पहिल्यै नर्सिङ होममा रहेका १५मध्ये चार जनाले भागेर ज्यान बचाएको र ११ जनाको मृ,त्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

राजधानी मस्कोदेखि एक हजार ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको इसविल्डनो गाउँमा उक्त घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र आगलागी र यसमा सञ्चालकको लापर्बाहीबारे अनुसन्धान गर्न सरकारले एक समिति बनाइसकेको र थप जानकारी अनुसन्धानपछि दिन सकिने प्रहरीले बताएको छ । ९रासस÷सिन्ह्वा०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)