हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

निर्भया ,फाँसीको सजायलाई जन्मकैदमा बदल्न माग

निर्भया सामूहिक बलात्कार घटनाका चार दोषी मध्येका एक विनय शर्माले आफ्नो फाँसीको सजायलाई जन्मकैदमा बदल्न माग गरेका छन् । यस सम्बन्धमा विनयका वकिल एपी सिंहले दिल्लीका उपराज्यपाल अनिल बैजल समक्ष अर्जी दाखिल गरेका छन् ।

Advertisement

दिल्लीको एक अदालतले चारै दोषीलाई मार्च २० मा फाँसी दिन आदेश दिएको छ । यसभन्दा अघि दोषी पवन गुप्ताले पनि सर्वोच्च अदालतमा क्यूरेटिव याचिका दाखिल गरेर फाँसीको सजायलाई जन्मकैदमा बदल्न माग गरेका थिए । तर उक्त याचिकालाई खारेज गरिएको थियो ।

Advertisement

यी चारै जना दोषीले अलग–अलग तारिखमा आफ्नो दया याचिका दायर गरेका थिए, जसकारण उनीहरुको फाँसीको मिति पटक पटक सारिएको छ।अब उनीहरु चारैजनालाई मार्च २० मा फाँसी दिइने तय छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)