समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गर्यो

काठमाडौँ ।निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार, आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ कि पहिलो हुने निर्वाचित प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यसैगरी, फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुनेछ र त्यसपछि प्रचारप्रसार निषेधको अवधि लागू हुनेछ।

विज्ञापन (Advertisement)Advertisement

निर्वाचन दिन फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। दुवै निर्वाचन प्रणालीका मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिनेछ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ भने पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।

निर्वाचनमा राजनीतिक दल तथा सरोकारवालासँग समन्वय र सहकार्य सुनिश्चित गर्न आयोगले समय समयमा परामर्श र छलफल गर्ने जनाइएको छ।

कानूनी व्यवस्था अनुसार, निर्वाचनमा भाग लिन सक्ने अधिकार केवल आयोगमा दर्ता भएका राजनीतिक दलसँग मात्र हुनेछ। आयोगले भने अनुसार, निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले आगामी कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसक्नुपर्नेछ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)