हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेकपाका४०० युवा नेता कार्यकर्ताहरू काङ्ग्रेस प्रवेश

धनकुटा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले धनकुटाका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का४०० युवा नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याएका छन् ।

Advertisement

धरानको चुनावी सभामा सम्बोधन गरेर धनकुटा पुगेका गगनले राति आयोजित कार्यक्रमबाट नेकपासहितका विभिन्न दल परित्याग गरेकाहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

Advertisement

नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा गगनले अँध्यारोमा ४०० युवाहरु कुरेर कांग्रेसमा प्रवेश गर्दा मन छोएको बताएका छन् ।

कार्यक्रम सकिए लगत्तै गगनले भने: “‪धरानको चुनावी सभाबाट धनकुटा पुग्दा अध्यारो भइसकेको थियो तर कांग्रेस प्रवेश गर्न आएका ति तन्नेरीलाई न अध्यारोले छेक्यो न गाउँ-गाउँबाट आउदा भएका अनेकन अवरोधले नै! धनकुटाको बेलहाराको सभामा नेपाली कांग्रेस प्रवेश गर्नुभएका ४०० वढी युवा साथीहरूको उत्साहबाट थप उर्जा बोकेर आएको छु।‬”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)