हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल–भारत उडान खुला गरिने !

देवेन्द्र ‘आलोक’ बिर्तामोड। आठ महिनादेखि बन्द नेपाल–भारत उडान खुलाउने निर्णय सरकारले गरेको छ । नेपाली ध्वजावाहक वायुसेवाले एउटा र भारतीय वायुसेवाले एउटा गरी दिनमा दुईवटासम्म उडान गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताउनुभयो।

Advertisement

नेपालले कोरोना संक्रमण रोकथामका लागि गत चैतदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । सरकारले गत भदौ १६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरे पनि भारत र चीनले अझै पनि निःसर्त नियमित अन्तर्राष्ट्रिय उडान खुला गरिसकेका छैनन् । भारतले दुई देशका नागरिकलाई मात्रै सेवा दिलाउने सर्तमा एयर–बबल अवधारणामा उडान खुलाउन नेपाललाई एक महिनाअघि प्रस्ताव गरेको थियो ।

Advertisement

यसै प्रस्तावका आधारमा नेपालले दिनमा दुइटासम्म नेपाल–भारत उडान गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । ‘मन्त्रिपरिषद्को निर्णय मकहाँ प्रमाणित भएर आइसकेको छैन,’ सचिव कोइरालाले भन्नुभयो, ‘पहिलोचोटि एउटा उडान हुनसक्छ ।’ एयर–बबल भनेको दुवै देशका वायुसेवाले आफ्ना नागरिकलाई मात्रै सर्तसहित सेवा दिने अवधारणा हो ।

सुत्रका अनुसार मन्त्रालयका एक अर्का अधिकारीका अनुसार मन्त्रिपरिषद्को निर्णय आइतबार पर्यटन मन्त्रालयमा आउने भनिएको छ । ‘बैठकको निर्णय अन्तिममा प्रधानमन्त्रीज्यूबाट हेरफेर हुन सक्छ । कस्तो आउँछ त्यसैअनुसार मन्त्रालयले उडान सञ्चालनका लागि तयारी गराउने छ,’ ती अधिकारीले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्र लाल कर्णका अनुसार अन्तर्राष्ट्रियतर्फ दिनमा १०–१२ वटा उडान भइरहेका छन् ।

यो आउने र जाने गरी दिनमा २५ वटा अन्तर्राष्ट्रिय उडान हो । सामान्य अवस्थामा यो संख्या औसत ९० सम्म पुग्थ्यो । निमित्त महाप्रबन्धक कर्णका अनुसार अहिले जति अन्तर्राष्ट्रिय उडान भइरहेका छन्, ती उडानमा ७० प्रतिशत हाराहारीसम्म यात्रु हुने गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)