हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल समूहको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न ‘खुल्ला किताब’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज पार्टी दर्ता गर्ने निर्णय गरेको छ । नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ भने चुनाव चिन्ह ‘खुल्ला किताब’ टुंगो लगाएको हो ।

Advertisement

यसअघि पार्टीको नाम टुंगो लागेपनि चुनाव चिन्ह के राख्ने भन्ने विषयमा छलफल चलिरहँदा ‘खुला किताब’ चुनाव चिह्न राख्न नेपाल पक्षका नेताहरु सहमत भएका हुन् । नेपाल समूहको केन्द्रीय कमिटी बैठक अर्याल होटलमा बसिरहेको छ ।

Advertisement

नेपाल समूहले पार्टी दर्ताको सबै तयारी पूरा गरेर बसेका छन् । आज राष्ट्रपतिबाट अध्यादेश जारी गरेकी छिन् । अध्यादेश जारी भएसँगै आजै निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने कार्यक्रम रहेको एक नेताले बताए । यसैगरी नेपाल पक्षले कम्तिमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)