हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम बढ्यो

काठमाडौँ, ३ मङ्सिर – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक हजार ७४१.८१ मा पुगेको छ ।

Advertisement

यस्तै, सेन्सेटिभ परिसूचक ०.८० ले ओरालो लागेर ३३८.०९ मा ओर्लेको छ । कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ बराबरको कारोवार भएको छ । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.२८, विकास बैंक २०.६ र जलविद्युत् १८.६१ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार १८१.०८, होटल ३९.६, वित्त ८.४३, निर्जीबन बीमा ३९७.४८, उत्पादन २३५ .४५, अन्य २९.९७, लघुवित्त १४.६, जीवन बीमा ५२१.३७ र सामूहिक लगानी कोष ०.१६ ले उकालो लागेको छ ।

Advertisement

कारोवारका आधारमा आज पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ६२ लाख ५९ हजार ९२० बराबरको कारोवार भएको छ । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ३० करोड ८५ लाख ५१ हजार ६६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २५ करोड ८४ लाख ९१ हजार २५, शिवम् सिमेन्ट रु २२ करोड ७९ लाख ५४ हजार, एनआइसी एशिया बैंक रु १८ करोड १२ लाख २७ हजार ५७२, प्रभु बैंक रु १६ करोड ५९ लाख ६६ हजार ७८ र शिखर इन्स्योरेन्स रु १६ करोड २६ लाख पाँच हजार ९५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कारोवार भएका कम्पनीमध्ये ७२ कम्पनीको शेयर उकालो लागेको छ भने ८७ वटाको ओरालो लाग्दा १३ वटाको भने कुनै परिवर्तन भएको छैन । स्टकका अनुसार आज हिमालयन डिस्टिलरी १०, गुर्खाज फाइनान्स १०, बोटलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९९, साल्ट टेडिङ कर्पोरेशन ९.९८, शिवम् सिमेन्ट ९.२५, शिखर इन्स्योरेन्स ८.३८ र ओरियन्टल होटलका लगानीकर्ताले ७.७५ प्रतिशतले कमाए ।

त्यस्तै, घलेम्दी हाइड्रो ५.८०, यूनाइटेड मोदी ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६५, सबैको लघुवित्त ५.५८, नेपाल हाइड्रो डेभलपर ५.५३, सिन्धु विकास बैंक ५.११, छ्याङ्दी हाइड्रो ४.७६ र जोशी हाइड्रोपावरका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए । रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)