हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

न्यूयोर्कको रोचेस्टरमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको मृत्यु

अमेरिकाको न्यूयोर्कमा स्थानीय समय अनुसार शनिबार बिहानै अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कको रोचेस्टरमा भएको स्थानीयको पार्टीको क्रममा गोलीकाण्ड भएको हो । घटनामा कम्तीमा १४ जना घाइते भएका छन् ।

Advertisement

पेन्सिलभेनिया एभिन्यू नजिक घटना भएको हो । रोचेस्टर प्रहरीका कार्यकारी प्रमुख मार्क सिमोन्सले घटनामा १८ वर्षका युवक र २२ वर्षकी युवतीको ज्यान गएको हो ।

Advertisement

झण्डै १०० जनाको जमघट रहेको पार्टीमा गोली चलेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)