हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता १६ घण्टा अगाडि

पश्चिम बंगालको बकखाली तटमा ट्रलर पल्टिँदा नौ माझीको मृत्यु, छ जना अझै बेपत्ता

पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लास्थित बकखाली तट नजिकै समुद्रमा एउटा माछा मार्ने ट्रलर दुर्घटना हुँदा नौ जना माझीको मृत्यु भएको छ। गत असार १८ गते (२ जुलाई) देखि बेपत्ता रहेको ‘मा काली’ नामक उक्त ट्रलर आइतबार पल्टिएको अवस्थामा फेला परेपछि उद्धार टोलीले नौ जनाको शव बरामद गरेको हो।

Advertisement

​आइतबार दिउँसो पाँच जनाको शव फेला परेकोमा राति थप चार जनाको शव निकालिएको स्थानीय प्रशासनले जनाएको छ। दुर्घटनामा परेका अन्य छ जना माझी अझै बेपत्ता छन्। समुद्रको उच्च छालका कारण ट्रलर पल्टिएको र बेपत्ता माझीहरू पानीको बहावले बगाएको हुन सक्ने आशंका गरिएको छ।

Advertisement

​दिघाको शङ्करपुर बन्दरगाहबाट माछा मार्न निस्किएको उक्त ट्रलरको असार २१ गतेदेखि सञ्चार सम्पर्क विच्छेद भएको थियो। ट्रलर बेपत्ता भएपछि पुलिस, भारतीय तटरक्षक बल (कोस्ट गार्ड), नौसेना र वन विभागले संयुक्त रूपमा खोजी अभियान सुरु गरेका थिए। बकखाली तटबाट करिब ३५ किलोमिटर टाढा चुलकाठी जङ्गल नजिकै फेला परेको उक्त ट्रलरलाई उद्धार गरी सीतारामपुर घाटमा ल्याएर तलाशी लिइएको थियो।

​सुन्दरवन विकास विभागका राज्यमन्त्री दीपङ्कर जानाले आइतबार राति घटनास्थल पुगेर राहत तथा उद्धार कार्यको अनुगमन गर्नुभएको छ। घटनाबारे पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई अवगत गराइएको र बेपत्ताहरूको खोजीका लागि जलसेना र स्थानीय प्रशासनको टोली सोमबार पनि सघन रूपमा लागिपरेको समाचारमा जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)