हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ११ महिना अगाडि

पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहद्वारा महेन्द्र माविमा शैक्षिक तथा खेल सामग्री हस्तान्तरण

हल्दीबारी । हल्दीबारी–४ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले करिब ५० हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेल सामग्री हस्तान्तरण गरेको छ।

Advertisement

समूहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा तथा वडा नं. ४ का वडाध्यक्ष सन्त कुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त सामग्रीहरू विद्यालयलाई प्रदान गरिएको हो।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष थापा, समूहका अध्यक्ष पोर्तेल, वडा सदस्य सुरेन्द्र बारकोटी, विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र अधिकारी, महेन्द्र माविका पूर्वविद्यार्थी समाजका अध्यक्ष पुष्पराज निरौला, बाल क्लबका उपाध्यक्ष विजय घतानी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

समूहकी उपाध्यक्ष शर्मिला लामिछानेले अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण समूहका सचिव शालिग्राम पराजुलीले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)