हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीबारी – पाथिभरा कालिका बनको कडा चेतावनी: गल्तीले गाउँ नै हात्तीको आतंकमा पर्न सक्छ!

हल्दीबारी -झापा, १४ कार्तिक  । धान पाक्ने सिजन सुरु भएसँगै हल्दीबारी गाउँपालिका वडा नम्बर ४ का नागरिकहरू जंगली हात्तीको आतंक र डरबाट सताइरहेका छन्। पाथिभरा कालिका सा.व.उ.स.ले वन र आवादीको सीमामा जडान गरेको सोलार तारबार नियमित रूपमा मर्मत गर्दै हात्ती प्रवेश नियन्त्रण गरिरहेको छ।

Advertisement

तर कतिपय नागरिकहरूले घरपालुवा जनावर—गाई, बाख्रा, सुँगुर—तारबारमा बाँध्ने, तार काट्ने वा घोच्ने कार्य गरिरहेका छन्। यसका कारण बारम्बार विद्युत सट, ब्याट्री ड्यामेज र सुरक्षा प्रणालीमा समस्या देखिएको छ।

Advertisement

समूहका पदाधिकारीहरूले चेतावनी दिएका छन्: “कसैले पनि तारबार वरपर घरपालुवा जनावर नबाँधोस्। तार काटेर वा घोचेर जंगलमा नछोडोस्। हाम्रो सानो गल्ती, व्यक्तिगत लोभ र लालचले सम्पूर्ण गाउँको सुरक्षा जोखिममा पार्न सक्छ।”

विशेषत: जलथल जङ्गल एसियाकै जैविक विविधता भएको क्षेत्र हो। यस क्षेत्रको सुरक्षा र संरक्षणमा सबै नागरिक जिम्मेवार बन्नु पर्नेमा पदाधिकारीहरूले जोड दिएका छन्।

स्थानीय प्रशासन र पाथिभरा कालिका सा.व.उ.स.ले सबैलाई सचेत रहन र जंगली हात्तीबाट गाउँको सुरक्षामा सहयोग पुर्‍याउन अपिल गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)