पोखरा — नेपालको पर्यटन राजधानी पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को दिगो पर्यटन परियोजनाले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) तथा नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा तीनदिने तालिम सञ्चालन गरिरहेको हो।

उद्घाटन सत्रमा एनटीबीका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले फोटो पत्रकारितालाई गण्डकी प्रदेशका गन्तव्य परिचयका लागि ‘अत्यन्त प्रभावकारी माध्यम’ भन्दै सहभागी पत्रकारलाई स्वागत गरेका थिए। उनले भने, “एक उत्कृष्ट तस्बिरले हजार शब्द बोल्छ। पोखरालाई विश्वसामु चिनाउन पत्रकारको योगदान अमूल्य छ।”

यूएनडीपी गण्डकी–लुम्बिनी कार्यालय प्रमुख सुदिप अर्यालले हिमालदेखि पहाडसम्मका पर्यटन सम्भावना उजागर गर्न मिडियाको भूमिकालाई ‘निर्णायक’ बताए। उनले तस्बिरले ग्लोकलदेखि ग्लोबल बजारसम्म पर्यटन कथा पुर्‍याइरहेको उल्लेख गरे।

एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्ड अभिव्यक्ति गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताए। प्रशिक्षकहरूले फोटो पत्रकारिताको इतिहास, प्राविधिक सीप, तस्बिर कथा र फोटो फिचर निर्माणका विषयमा प्रशिक्षण दिइरहेका छन्।

तीनदिने तालिममा कास्की, बागलुङ, स्याङ्जा, पर्वत, गोरखा, तनहुँ, लमजुङसहित गण्डकीका जिल्लाबाट करिब ३० जना पत्रकार सहभागी छन्। आयोजनकर्ताहरूले यो तालिमले नयाँ गन्तव्य पहिचान, दृश्य अभिलेखन र स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार