झापा, बिर्तामोड: निजी तथा आवासीय विद्यालय अर्गनाजेसन नेपाल (Private and Boarding Schools’ Organization Nepal) प्याब्सन झापा शाखाले आगामी पौष २४ गते बिर्तामोडस्थित सिटीसेन्टर प्राङ्गणमा ३५औं स्थापना दिवस मनाउने घोषणा गरेको छ। यस अवसरमा सांस्कृतिक प्रतियोगिता र गायन प्रतिस्पर्धा मुख्य आकर्षण रहनेछ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “यस वर्षको स्थापना दिवसको विशेष आकर्षण भनेको सांस्कृतिक प्रतियोगिता र गायन हो। यसमा झापा जिल्लाका १४ पालिकाका चयनित विद्यार्थीहरू सहभागी हुनेछन्।”
प्रतियोगितामा सामूहिक नृत्य र गायन कार्यक्रममा सामूहिक सांस्कृतिक नृत्य, शास्त्रीय नृत्य र गायनका प्रतिस्पर्धाहरू हुनेछन्। १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूका लागि गायन प्रतिस्पर्धा, १२ वर्ष माथिका विद्यार्थीहरूको गायन, र ११/१२ कक्षाका विद्यार्थीहरूको गायन प्रतिस्पर्धा तय गरिएको छ।
सम्मान र पुरस्कार वितरण कार्यक्रममा प्याब्सन झापाले संस्थापक र वरिष्ठ शिक्षिकालाई सम्मान गर्ने पनि घोषणा गरेको छ। गणेशप्रसाद ओली, धरणिरस मैनाली र प्रभुकुमार श्रेष्ठलाई सम्मानित गरिनेछ। साथै, स्वर्गीय नरेशमान धिमाल र शिक्षक मुक्तिदाहाललाई पनि सम्मान पत्र दिइने छ।
यस अवसरमा अर्जुनधारा पालिकालाई उत्कृष्ट पालिका पुरस्कार र एक जना पत्रकारलाई पनि सम्मान गरिनेछ। १५ जना ४जीपीए प्राप्त विद्यार्थीलाई पनि सम्मानित गरिनेछ।
प्रतियोगितामा हजारौं विद्यार्थीको सहभागिता कार्यक्रममा झापाका ४२२७ विद्यार्थी हरूको पालिका स्तरबाट प्रतिस्पर्धा हुँदै गायन प्रतिस्पर्धामा ४२ जना, शास्त्रीय नृत्यमा १४ जना, र सांस्कृतिक नृत्यमा २१० जना विद्यार्थी सहभागी हुनेछन्।
कार्यक्रमको मुख्य प्रायोजक अलस्का मोटर रहेको छ, भने कंगारु एजुकेसन र बिएनसी मेडिकल कलेज र पुस्तक व्यवसायीहरू पनि यस कार्यक्रमको प्रायोजकमा रहेका छन्।
७ लाख ५० हजार खर्चको अनुमान कार्यक्रमको तयारीका लागि ७ लाख ५० हजार रुपैयाँको खर्च अनुमान गरिएको छ। झापामा कुल ३१९ विद्यालय प्याब्सनसँग आबद्ध छन्, र यस कार्यक्रमले सम्पूर्ण प्याब्सन विद्यालयहरूलाई एकजुट गर्ने उद्देश्य राखेको छ।
यस कार्यक्रमको आयोजनाले झापा जिल्लाका विद्यार्थीहरूको सांस्कृतिक र शैक्षिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार