हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बीना मगर बेपत्ता !

काठमाडौं । सरकारद्वारा गठित आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोराबुहारी तथा खानेपानी मन्त्री बीना मगरलाई बेपत्ताको सूचीमा सूचिकृत गरेको छ । माओवादी युद्धमा बेपत्ता भएकाहरुको सूचीमा बीनाको नाम समावेश गरिएको हो ।

Advertisement

सरकारले माओवादी युद्धका बेला हराएकाहरुको पहिचान गर्न गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले खानेपानीमन्त्री बीना मगरलाई वेपत्ता व्यक्तिको सूचीमा सूचीकृत गरेको हो ।

Advertisement

आयोगले सार्वजनिक गरेको २५ सय ६ जना व्यक्तिको सूचीमा मन्त्री बीनालाई १९० क्रम संख्यामा समावेश गरेको छ ।आयोगले उजुरी निवेदनका आधारमा बेपत्ता पारिएका व्यक्तिको नामावली सार्वजनिक गरेको जनाएको छ । तर, बहालवाला मन्त्री बीनालाई नै बेपत्ताको सूचीमा सूचीकृत गरिएको हो । आयोगले उनलाई कञ्चनपुरको कालिका गाविस ५ बाट बेपत्ता भएको उल्लेख गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)