हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ मा को को बन्लान् मन्त्री ?

 प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भएसँगै मन्त्रीहरुको सूची तयार गर्न गृहकार्य बढिसकेको छ । आजै केहीले राईसँगै मन्त्रीको सपथ लिने भएका छन् । मन्त्रीको आकांक्षी धेरै भएकाले सहमति बनाउन समस्या परेको छ । नेकपा एकीकृत समाजवादीबाट गणेश काम्बाङ, सुनिता चौधरी, सावित्राकुमारी रेग्मीको सम्भावना छ ।

Advertisement

नेपाली काँग्रेसबाट हिमाल कार्की, राजीव कोइराला, ओमप्रकाश सरावगी र प्रकाशप्रताप हाङ्गामको सम्भावना बलियो छ । माओवादी केन्द्रबाट इन्द्र आङबो, सीता थेवे र झलकसिंह मगर दौडमा अगाडि छन् । आङबो मन्त्री बन्ने निश्चित भइसकेको छ ।जसपाबाट जयराम यादव र राधा थापामध्येबाट मन्त्री बन्नेछन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)