हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले पनि शपथ लिने

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्रीले पनि शपथ लिने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिने सहमति भएको हो ।

Advertisement

स्रोतका अनुसार तीन उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष समेत रहेका रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित परराष्ट्रको जिम्मेवारी पाउने भएका हुन् । प्रधानमन्त्री प्रचण्डको शपथ राष्ट्रपति कार्यालय शीतल निवासमा केहीबेरमा हुँदैछ ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)