हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बलिउड गायिका नेहा कक्कडले गरिन विवाह

योग्यमाया ढुंगाना सिलिगुडी भारत। बलिउड चर्चित गायिका नेहा कक्कड़ विवाह बन्धनमा बाधिएकी छन् ।गायिका नेहाले गायक रोहनप्रित सिंहसँग विवाह गरेकी हुन् ।
अनेक हल्ला र चर्चाका बीच गायिका नेहा विवाह बन्धनमा बाधिएको भिडियोनै सार्बजनिक भएको छ । उनीहरुले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको बताइएको छ । रोहनप्रित २०१९ मा टिभी शो इण्डियाज राइजिङ स्टारमा प्रतियोगीको रुपमा भाग लिएका थिए । केहि महिना अगाडी भेट भएका यी दुवैले डेट गर्न सुरु गरेको छोटो समयमा नै विवाह गर्न लागेको बताइएको छ l
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)