हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ११ महिना अगाडि

बाबा भाेलेनाथको दर्शन संगै हेर्नुहाेस आजकाे राशिफल (२०८२/०४/१९ गते)

आज २०८२ साल साउन १९ गते साेमबारको राशीफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। लक्षमा पुग्नको लागि निकै संघर्ष गर्नुपर्ला। गोप्य सूचना बाहिरिनाले अप्ठ्यारा परिस्थिति निर्माण हुनेछन्। योग र व्यायामले मनलाई एकाग्रचित्त राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै उपहारले मनमा उत्साह जाग्नेछ। चुनौती पन्छाउँदै कार्यक्षेत्रमा आफूलाई सक्रिय पार्न सक्नुहुनेछ। भौतिक संसाधन जुटाउने वा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न नसक्लान्। गृहणीहरूको घरेलु कामकाजमा धेरै समय बित्नेछ। दोहोराएर कार्य गर्दा रोकिएका काम बनाउन सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययनमा प्रगति हुने र सोचेको कार्य सम्पादन गर्न सकिनेछ। बोलिको प्रभाव बढ्नेछ भने लेखन कलामा पनि निखार आउनेछ। आत्मविश्वासको साथमा आफ्नो कुरा राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आकास्मिक कामले खर्च बढाउन सक्नेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। विदेश भ्रमणको लागि प्रयत्न गर्ने समय रहेको छ। दिगो कार्य प्रारम्भ गर्न उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनत र परिश्रमले नौकरी वा पैशामा नयाँ जिम्मेवारी मिल्नेछ। युवाहरूलाई करियरलाई लिएर विशेष अवसर प्राप्त हुनेछ। शुभचिन्तक र आत्मीयजनहरूको पहिचान गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीवनमा प्रेम र आत्मीयता बढ्नेछ। दिन रमाइलो रहनेछ। कार्यक्षेत्रमा लाभ हुनेछ। घरपरिवारको साथ हुनाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययनका प्रभावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। कृषिमा पशुपालनको क्षेत्रबाट विशेष लाभ आर्जन गर्न सकिएला। विद्यार्थीहरूलाई गुरुजनहरुको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) छोटो समयमा दिगो काम हात लाग्नेछ। प्रयत्न गर्दा ठूलो कार्यसम्पादन गर्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सकिनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग गर्नेछन्। पहिलाका कमी कमजोरीलाई सुधार गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा भविष्यका लागि लगानी बढाउन सकिनेछ। अड्केको रकम उठाउने समय रहेको छ। आयस्रोत बढ्नेछ र व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुको सहयोगार्थ जुट्नुपर्ने समय रहेको छ। धर्मकर्म वा आध्यात्मतर्फ मन लाग्नेछ। समाजमा तारिफ योग्य कार्य गर्न सफल भइनेछ। लगनशीलताले विशेष जिम्मेवारी दिलाउला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)