कलैया । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रले सिमरामा आन्दोलनरत जेनजी युवालाई वार्तामा आउन आग्रह गरेका छन्।

जेनजीका बारा संयोजक सम्राट उपाध्यायसँग सम्पर्क गर्दै सिडिओ मिश्रले उनीहरूका मागका विषयमा छलफल गर्न वार्तामा आउन आह्वान गरेका हुन्।

यसको जवाफमा उपाध्यायले आफूहरू वार्तामा बस्न तयार रहेको बताएका छन्। दुवै पक्षबीच आगामी वार्ता कलैयामा हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार