हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ११ महिना अगाडि

बालबालिकाको वाककला निखार्दै – हल्दीबारीमा ‘Speech Star Season 1’ वक्तृत्वकला प्रतियोगिता हुने

अभिषेक खतिवडा, हल्दीबारी (झापा) – जेसीआई हल्दीबारीको आयोजनामा आगामी श्रावण १९ गते, सोमबार, एक विशेष कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘Speech Star Season 1’ सञ्चालन हुने भएको छ।

Advertisement

कार्यक्रमको प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका अध्यक्ष श्री रविन्द्र लिङदेन रहनेछन्। जेसीआई हल्दीबारीकी अध्यक्ष जेसी युनिता दवाडीको नेतृत्वमा कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।

Advertisement

प्रतियोगिता माध्यमिक तहका विद्यार्थीहरू लक्षित रहेकाले, हल्दीबारी क्षेत्रभित्रका करिब २० वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट सहभागिता रहने अपेक्षा गरिएको छ।

अध्यक्ष दवाडीका अनुसार, “Speech Star” कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सार्वजनिक बोल्ने क्षमता, र विचार प्रस्तुत गर्ने सीपको विकास गर्ने उद्देश्य लिएको छ।

कार्यक्रमको संयोजनमा जेसी योगेश कार्की, र सदस्यमा पवन गिरी छन्। यस प्रतियोगितामा निर्णायक मण्डल, शिक्षक, अभिभावक, तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

‘Speech Star Season 1’ लाई दीर्घकालीन योजनाको सुरुआतका रूपमा लिएको जेसीआई हल्दीबारीले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)