हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बालाई आराम गर्न झापाबाट संसद गौतमकाे सुझाब

बिर्तामोड ,झापा ।रास्ट्रीय स्वतन्त्र पार्टिकी केन्द्रीय सदस्य तथा संघिय संसद साेविता गौतमले रास्वपा सानाे पार्टी नभएर जनमतका आधारमा देशकाे चौथाे ठुलाे दल भएकाे बताएकी छन ।

Advertisement

झापाकाे अर्जुनधारा, भद्रपुर,गौरादह नगर भेला तथा कचनकवलमा भएको भेलालाई सम्वाेधन गर्दै उनले उक्त कुरा बताएकी हुन । उनले आफ्नाे चुनावी कार्यक्रममा आफ्ना समकक्षी साथि काेहिपनि नभेटेकाे स्मरण गर्दै युवा जती सवै विदेशीनुले आफू दुखीत रहेकाे समेत बताएकी छन ।

Advertisement

रास्वपा देशकै चौथाे ठुलाे दल भैरहदा झापाकमा समानुपातिकमा भने ८७ हज्जार भन्दा बढि मत प्राप्त गर्दै तेस्राे ठुलाे दल बनेकाेमा खुसी व्याक्त गरिन ।

झापा चेनशिल मानिसहरु बस्ने जिल्ला रहेकाे बताउदै आगामी निर्वाचनमा झापा घण्टीमय हुने उद्घाेस समेत गरिन । उनले अबकाे राजनिती बा हरुले छाेराछाेरि पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउदै पुर्व प्रधानमन्त्री केपी ओलीकाे क्षेत्रनै संक्रमित रहेकाले अब युवापुस्ताले नेतृत्व लिनुपर्ने समय आएकाे बताएकी हुन ।

उनले ओलीप्रति कटाक्ष गर्दै अब छाेरा छाेरिलाई नेतृत्व दिएर आराम गर्नु भनिन । झापाले एक से एक नेता जन्माए पनि पार्टी भन्दा माथि उठ्न नसकेकाे भन्दै उनिहरु प्रति प्रश्न चिन्ह खडा गरिन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)