हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ८ महिना अगाडि

बिएनसी मेडिकल कलेजका डा. वीरेन्द्र यादवलाई अन्तर्राष्ट्रिय ‘युवा अन्वेषक पुरस्कार’

झापा, बिर्तामोड: झापाको बिर्तामोडस्थित बिएनसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. वीरेन्द्र यादवलाई प्रोस्टेट क्यान्सरको स्टेरियोट्याक्टिक बडी रेडियोथेरापी क्षेत्रमा गरेको विशेष अनुसन्धान र योगदानका लागि फेडरेशन अफ एसियन अर्गनाइजेसन फर रेडिएसन ओन्कोलोजी (FARO) ले आगामी नोभेम्बर १३–१५ तारिखमा थाइल्यान्डमा हुने समारोहमा अन्तर्राष्ट्रिय ‘युवा अन्वेषक पुरस्कार’द्वारा सम्मान गर्ने भएको छ।

Advertisement

डा. यादवको अनुसन्धानले क्यान्सर उपचारमा नयाँ दिशा खोल्दै प्रभावकारी प्रविधिको प्रयोगलाई प्रवर्द्धन गरेको मानिन्छ। यस उपलब्धिले बिएनसी मेडिकल कलेज, झापा र पूर्वाञ्चल क्यान्सर अस्पताललाई समेत गौरवान्वित बनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)