झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित आनन्दगञ्जमा आज बिहान भीषण आगलागी भएको छ। मिति २०८३ साल वैशाख १ गते बिहान करिब ४:१५ बजेको समयमा स्थानीय भक्तिप्रसाद उप्रेतीले सञ्चालन गरेको काठ र टिनको छानो भएको एक तले झापाली चिप्स फ्याट्रीबाट सुरु भएको आगोले नजिकै रहेको चन्द्रप्रसाद खरेलको सौगात काष्ठ फर्निचर उद्योगमा समेत क्षति पुर्‍याएको छ।


​घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली तत्काल कार्यस्थलमा खटिएको थियो। आगोलाई थप फैलिन नदिन बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाका दमकलहरू परिचालन गरिएको छ। साथै सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोली र स्थानीय बासिन्दाहरूको अथक प्रयासमा आगो निभाउने कार्य भइरहेको छ।


​प्रहरीका अनुसार समयमै सुरक्षाकर्मी र दमकल पुगेका कारण आगोले अन्य घरहरू भेट्ने सम्भावना टरेको छ। आगलागीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार