समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

बिर्तामोडमा दुर्गा प्रसाईको रिहाईको मागसहित मसाल जुलुस

झापा, मंसिर ४ – दुर्गा प्रसाईको रिहाईको माग गर्दै आज साँझ बिर्तामोडमा मसाल जुलुस निकालिएको छ। राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले आयोजित जुलुस बिर्तामोड–१ स्थित राजगढ स्टेन्ड अगाडिबाट सुरु भएको हो।

महाअभियानका झापा जिल्ला संयोजक राजेश राजवंशीको नेतृत्वमा सहभागीहरूले ‘दुर्गा प्रसाईलाई रिहा गर’, ‘अन्तरिम सरकार मुर्दावाद’, ‘वित्तीय श्रम शोषण बन्द गर’, ‘गृहमन्त्री राजीनामा दे’, ‘भ्रष्टाचारी मुर्दावाद’ र ‘दुर्गा प्रसाई जिन्दावाद’ जस्ता नाराबाजी गरेका थिए। जुलुस मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

विज्ञापन (Advertisement)Advertisement

कोणसभामा बोल्दै जिल्ला सचिव उमाकान्त अधिकारीले केन्द्रीय संयोजक दुर्गा प्रसाईलाई २४ घण्टाभित्र बिनाशर्त र सकुशल रिहा गर्नुपर्ने माग दोहोर्‍याए। उनले माग पूरा नभए आन्दोलनलाई “झन् सशक्त रूपमा अघि बढाइने” चेतावनी दिए। आन्दोलनका क्रममा हुन सक्ने सम्भावित घटनाको जिम्मेवारी सरकारकै रहने उनको भनाइ थियो।

अधिकारिका अनुसार भोली जिल्ला प्रशासन कार्यालयमा आन्दोलनबारे औपचारिक जानकारी दिने र कार्यक्रम तालिका बुझाउने तयारी भएको बताइएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)