हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडमा नेपाली कथानक चलचित्र ‘सारंग’ का शोहरु हाउसफुल प्रदर्शन

बिर्तामोड, माघ २७ । नेपाल भर माघ २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘सारंग’ ले बिर्तामोडस्थित वान स्टप मलमा रहेको क्युएफएक्समा भएका शोहरु हाउसफुल प्रदर्शन भइरहेको छ। पारिवारिक झगडाले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरलाई चित्रण गर्ने प्रयास गरिएको यो चलचित्रलाई दर्शकहरूले मन पराइरहेका छन्।

Advertisement

चलचित्रमा अभिनेत्री ऋचा शर्माले आमाको भूमिका निर्वाह गरेकी छन् भने बालकलाकार सम्राट थापा र आदित्य कार्कीको अभिनय पनि प्रशंसनीय देखिएको छ।

Advertisement

चलचित्रका लेखक तथा निर्देशक प्रशान्त तामाङ हुन्। यसमा बिर्तामोडकी अनिशा न्यौपाने, उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि राई, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।

चलचित्रको ‘सारंग’ को निर्माण प्रेम तामाङ र फूलमाया तामाङले गरेका हुन् भने सहनिर्मातामा पुष्पा लिम्बू र बिनु गुरुङ रहेका छन्। चलचित्रमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ।

चलचित्रको सफल प्रदर्शनसँगै यसले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)