झापा, बिर्तामोड नगरपालिका–८ स्थित हर्चना टोलमा हिजो राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शैनिकमोड–भद्रपुर सडकखण्डमा शैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–७ का ३६ वर्षीय सुधिर निरौला गम्भीर घाइते भएका थिए।

घाइते निरौलालाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएकोमा उपचारकै क्रममा चिकित्सकले हिजो राति मृत घोषणा गरेका हुन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार