अर्थ
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

बिर्तामोडमा २ करोडको लगानीमा अत्याधुनिक लन्ड्री उद्योग सञ्चालन, २५ जनालाई रोजगारी

बिर्तामोड, २३ असार । पूर्वी नेपालको व्यावसायिक हब झापाको बिर्तामोडमा २ करोड रुपैयाँको कुल पुँजीगत लगानी (Capital Investment) मा अत्याधुनिक र प्रविधियुक्त ‘इको साइन कमर्सियल एन्ड सेनिटाइजेसन सर्भिस’ (इकोसाइन हब प्रालि) सञ्चालनमा आएको छ । बढ्दो सहरीकरण, औद्योगिक माग र व्यस्त जीवनशैलीलाई लक्षित गर्दै पूर्ण व्यावसायिक क्षमताको लन्ड्री तथा निर्मलीकरण उद्योग स्थापना गरिएको हो ।

​मङ्गलवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस नयाँ व्यावसायिक उद्यमले स्थानीय स्तरमा २५ जनालाई प्रत्यक्ष रोजगारी (Direct Employment) प्रदान गरेको छ । चार जना युवा उद्यमी तथा प्राविधिक विशेषज्ञहरूको संयुक्त पोर्टफोलियो लगानीमा सुरु भएको यस उद्योगले पहिलो चरणमा पूर्वका तीन प्रमुख आर्थिक केन्द्रहरू झापा, मोरङ र सुनसरीको बजार हिस्सा (Market Share) ओगट्ने रणनीतिक योजना (Strategic Plan) बनाएको छ ।

विज्ञापन (Advertisement)Advertisement

​उच्च उत्पादन क्षमता र द्रुत सेवा प्रवाह

​उद्योगको सञ्चालन र बजार क्षमता (Operational Capacity) बारे प्रष्ट पार्दै व्यावसायिक सल्लाहकार नवीन ढुंगानाले २ करोडको लगानीमा स्थापित यस प्लान्टको दैनिक ३ हजार केजी कपडा प्रशोधन (Processing Capacity) गर्न सक्ने क्षमता रहेको जानकारी दिए । औद्योगिक तथा संस्थागत ग्राहक (B2B Client) हरूको मागलाई धान्न सक्ने गरी यसको डिजाइन गरिएको उनले बताए ।

​यसैगरी, प्राविधिक सल्लाहकार उज्वल उप्रेतीका अनुसार उद्योगले ‘लिटर टाइम’ (Lead Time) लाई न्यूनीकरण गर्दै सेवा प्रवाहलाई अत्यन्तै द्रुत बनाएको छ । अत्याधुनिक मेसिनरी र क्लोज-लुप ट्र्याकिङ प्रणालीका कारण ५० मिनेटभित्रै कपडा धोएर सफा गरिने र बुझाएको २४ घण्टाभित्रै ग्राहकलाई हस्तान्तरण (Delivery) गरिने व्यावसायिक प्रतिवद्धता संस्थाको छ । गुणस्तर सुनिश्चितता (Quality Assurance) का लागि प्रत्येक लटको कपडालाई ४ पटकसम्म सफा गरिने प्रविधि जडान गरिएको छ ।

​बजार प्रतिस्पर्धा र लागत न्यूनीकरण (Cost Leadership)

​सञ्चालक सुरेस भण्डारीले उद्योगले सेवा प्रवाहमा गुणस्तर कायम गर्न अन्तर्राष्ट्रिय मापदण्डका स्वास्थ्य अनुकूल ६ किसिमका विशेष इको-फ्रेंडली केमिकलहरू प्रयोग गर्ने बताए । यसले कपडाको आयु बढाउनुका साथै सतहलाई सुरक्षित स्तरसम्म कीटाणुमुक्त (Sanitize) गर्नेछ ।

​बजार प्रतिस्पर्धा र वित्तीय रणनीतिबारे बोल्दै संस्थाका डाइरेक्टर सोभित प्रसाईंले उद्योग ‘कस्ट लिडरसिप’ (Cost Leadership) को रणनीति अनुसार अघि बढेको उल्लेख गरे । “हामीले अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधि भित्र्याएका छौँ, जसका कारण हाम्रो सञ्चालन खर्च (Operating Cost) कम हुन्छ र हामी बजारको औसत मूल्यभन्दा थप सस्तो र सुलभ दरमा सेवा दिन सक्षम छौँ,” प्रसाईंले भने ।

​’बीटूबी’ (B2B) बजारमा केन्द्रित अवधारणा

​विशेष गरी होटल, हस्पिटल, बैंक, विद्यालय तथा बुटिकवेयर जस्ता व्यावसायिक प्रतिष्ठानहरू हानिकारक ब्याक्टेरिया र संक्रमणको उच्च जोखिममा रहने हुँदा इको साइनले ‘सफाइ र स्वास्थ्य सुरक्षा’ दुवैलाई एकीकृत गरी नयाँ व्यावसायिक मोडेल (Business Model) अघि सारेको छ । पूर्वकै ठूलो प्रशोधन क्षमता र सस्तो मूल्यका कारण यो उद्योग संस्थागत ग्राहकका लागि निकै किफायती र भरपर्दो व्यावसायिक साझेदार बन्ने अर्थ विश्लेषकहरूको अनुमान छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)