समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

बिर्तामोड बसपार्कको समस्या नेकपाले मात्र समाधान गर्छः चापागाईं

विर्तामोड । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार धर्मशिला चापागाईंले बिर्तामोड बसपार्कको समस्या समाधान गर्ने जिम्मेवारी नेकपाले मात्र लिनसक्ने बताएकी छन्। उनले आफ्नो क्षेत्र नम्बर २ क अन्तर्गतको बसपार्कको समस्यालाई समग्र राष्ट्रिय समस्या मान्दै, यसलाई समाधान गर्न आफू विजयी भएमा अग्रपङ्तिमा उभिने प्रतिबद्धता व्यक्त गरिन्।

चापागाईंले बिर्तामोड बसपार्कको समस्याबारे मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै भनिन्, “बसपार्कको समस्या केवल बिर्तामोडको मात्र नभएर समग्र राष्ट्रिय समस्या हो र यसलाई हामी नेकपाकै नेतृत्वमा मात्र समाधान गर्न सक्छौं।”

विज्ञापन (Advertisement)Advertisement

निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार रानाको नेतृत्वमा आयोजित यस कार्यक्रममा प्रेस संयोजक बासु दुलाल, केन्द्रीय सदस्य भास्कर काफले, रुपधोन साउदेन, डा. बीपी मिश्र, धनबहादुर पन्धाक, दीपक मिश्र, मजदुर नेता भूपाल सापकोटा, महिला नेत्री जोया सुब्बा, शमाना लिम्बु, सन्ध्या मास्के, पवन तिम्सिना लगायतका नेताहरू सहभागी थिए।

यो मोटरसाइकल र्याली शान्तिपूर्ण रूपमा क्षेत्र नम्बर २ का कनकाई ८ र ९ हुँदै बिर्तामोड नगरपालिकाका विभिन्न वडाहरूमा परिक्रमा गरियो। चापागाईंले क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरेपछि आफू उत्साहित रहेको उल्लेख गरिन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)