झापा । झापा जिल्ला बिर्तामोड नगरपालिका–७ खालवारी नजिकैको जंगलबाट आएको तीनवटा जंगली हात्तीले बुधबार राति करिब ११:०० बजे धान खेतमा ठूलो नोक्सानी पुर्याएको छ।

हात्तीहरुको झुण्डले स्थानीय कृषक कृष्ण प्रसाद खरेलको ७ कठ्ठा क्षेत्रफलमा लगाइएको धान खेत कुल्ची धान खाई करिब रू.३०,००० (मात्र तीस हजार) बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सौभाग्यवश घटनामा कुनै पनि मानविय वा चौपाया क्षति नभएको पुष्टि गरिएको छ। हात्तीहरु धान खेतमा क्षति पुर्याएपछि रातिकै समयमा जंगलतर्फ फर्किएका थिए।