हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बिश्ब हिन्दु परिषद नेपाल झापा जिल्लाको आयोजनामा शिब सताक्षी नगर भेला सम्पन्न

दमक, फागुन २८ । बिश्ब हिन्दु परिषद नेपाल झापा जिल्ला समितिको आयोजनामा शिब सताक्षी नगर भेला शिबगञ्ज बजार स्थित शिबालयको सभा हलमामा एक कार्यक्रम बीच स्थानीय जेष्ठ नागरिक श्री मान बहादुर दाहालले प्रमुख अतिध्य गर्नु हुदै दीप प्रज्वलितका साथ भेलाको उदघाटन गर्नु भयो ।प्रमुख अतिथि श्री दाहालले देशमा बिध्यमान राजननीतिको कोपभाजनमा परेको नेपाली धर्म संस्कृतिप्रति रक्षात्मक भूमिका निर्बाह गर्न जन स्तरबाटै जागरुक भई अघि बढन आग्रह गर्नु भयो ।

Advertisement

बिश्ब हिन्दू परिषद नेपाल झापाका अध्यक्ष श्री होमनाथ ढुङगेलको अध्यक्षतामा भएको भेलाको प्रारम्भ संगठनको धार्मिक बिधि अनुसार परिषदकी सम्भाग प्रमुख श्री सितादेबी ढुङगेल व्दारा सम्पन्न कार्यक्रममा परिषदका जिल्ला उपाध्यक्ष श्री देबेन्द्रकिशोर ढुङगाना, जिल्ला सदस्यस्य श्री सत्येन्द्र कुमार कर्ण, श्री सुमन साह, स्थानीय समाजसेबी श्री टंक प्रसाद सिटौला, श्री पबित्रा दंगाल लगायतका बक्ताहरुले गाउँ बस्तीहरुमा बढदो बिदेशी धर्म प्रचारका मिशिनेरीहरु द्वारा हाम्रो समाजमा ब्याप्त गरीबि, अशिक्षा र जातिय बिभेदलाई बिजनेश गर्न पल्केका समूहहरुको बिरुद्ध संगठित भई आदिबासी सहितको समाजमा धार्मिक जन जागरण अभियान सुरु गर्न मांग गर्दै धर्मान्तरणका बिरुद्ध गाउँ बस्तीहरुबाट उठन आबश्क रहेको बताउनु भयो ।

Advertisement

सो भेलाले श्री टंक प्रसाद सिटौला अध्यक्ष र श्री गोमा रिजाल सचिब रहनु भ एको २१ सधस्यीय बिश्ब हिन्दू परिषद नेपाल शिब सताक्षी नगर समिति सर्ब सहमतिले गठन गरिएको छ । कार्यक्रममा नब निर्बाचित अध्यक्ष श्री टंक प्रहाद सिटौलाले प्रतिबध्दता ब्यक्त गर्नुका साथै जिल्ला अध्यक्ष श्री ढुङगेलले अबिर लगाएर स्वागत गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)