मोरङको विराटनगरमा विवाह घरमा काम गर्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–११ जनप्रिय टोलस्थित रवीन्द्र साहको घरमा छोरीको विवाह समारोहका लागि काम गर्न गएकी ५२ वर्षीया मारङमही हेमरनको करेन्ट लागेर मृत्यु भएको हो। उनी कटहरी गाउँपालिका–२ की बासिन्दा हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लिलाराज लामिछानेका अनुसार फागुन २६ गते मंगलबार दिउँसो करिब ४ बजेतिर विवाह घरमा जडान गरिएको झिलिमिली बत्तीको तारबाट करेन्ट लाग्दा हेमरन गम्भीर घाइते भएकी थिइन्।

घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार क्याटरिङको जिम्मा लिएका व्यक्तिले ती महिलालाई विवाह घरमा कामका लागि ल्याएको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार