हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जीत

काठमाडौं, १७ बैशाख । स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जीत हासिल गरेको छ । शनिवार राती भएको खेलमा रियलले ४–२ को अन्तरले अल्मेरिया माथी जीत हासिल गरेको हो ।

Advertisement

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएकाे खेलमा कप्तान बेन्जेमाले ५ औं मिनेटमा नै सुरुवाती गोल हानेर रियललाई १–० को अग्रता दिलाएका थिए । पाँचाै मिनेटमा पहिलो गोल हानेका उनै बेन्जेमाले १७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे र ४२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै आफनो ह्याट्रिक पूरा गर्दै खेललाई पहिलो हाफमा नै ३–० को अग्रता दिलाउन सफल भए । तर, पहिलो हाफको इन्ज्युरी समयमा अल्मेरियाका लजारोले गोल फर्काउदै खेललाई ३–१ को स्थितिमा बनाई दिए ।

Advertisement

पुन दोस्रो हाफको सुरुवाती ४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ को अन्तरले खेलको स्थीति बनाए भने  ६१औं मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याई दिए । त्यसपछि कुनै पनि टिमवाट गोल हुन सकेन, अन्ततः खेल ४–२ मा टुंगियो ।

यस जितसँगै रियलको ३२ खेलबाट ६८ अंक बटुलेको छ भने पराजित अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा सिमित रहेको छ । दोस्रो स्थानको रियल भन्दा ११ अंक बढी बटुलेर बसेको शिर्षस्थानको बार्सिलोनासँग ६९ अंक रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)