भद्रपुर: भद्रपुरस्थित नगर प्रमुख र उपप्रमुखको निवासमा भाद्र २४ गते भएको क्षतिको वास्तविक अवस्था बुझ्न मानवअधिकारकर्मीको टोलीले स्थलगत अवलोकन गरेको छ।
रूपक खनाल, दीपक दास लगायतको टोलीले दुवै घरको अनुगमन गरी क्षतिको वास्तविक जानकारी लिएका हुन्। नगर प्रमुखका पिता जीवनाथ पोखरेलले आफ्नो घरको क्षति बारे जानकारी दिएका थिए भने उपप्रमुख कार्कीले आफैं वास्तविक अवस्था देखाएकी थिइन्।
विज्ञापन (Advertisement)

भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलन भदौ २३ गते शान्तिपूर्ण ढंगले भएको थियो। सरकारी पक्षबाट भएको दमनपछि २४ गते देशभर प्रदर्शन भई सरकारी भवन, सम्पत्ति र स्थानीयदेखि संघीय तहसम्मका नेताहरूको निजी सम्पत्तिमा समेत आक्रमण भएको थियो।