हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो !

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ ।शुक्रवार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

Advertisement

कुल संक्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।भारतमा संक्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।

Advertisement

मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना संक्रमित भएका हुन भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ ।

ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)