हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतमा लकडाउन कडा, आइतबारसम्म किनमेल पूरा गर्न आग्रह

काठमाडौँ। कोरोनाभाइरसको अतिप्रभावित मुलुकको चौथो स्थानमा रहेको भारतका केही राज्यमा लकडाउन कडा बनाउन थालिएको छ । संक्रमितको संख्या बढ्न थालेपछि आसाम राज्यको गुवाहाटीमा पूर्णरुपमा लकडाउन कडा बनाउने भएको छ । पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या तिव्र्ररुपमा वृद्धि हुन थालेपछि आसाम सरकारले गुवाहाटीमा पूर्णरुपमा लकडाउन गर्ने भएको हो।

Advertisement

आसामका स्वास्थ्यमन्त्री हिमन्त विश्व शर्माले शुक्रबार दिउँसो भर्चुअल प्रेस सम्मेलनमा सोमबारदेखि अर्को दुई हप्तासम्मका लागि गुवाहाटीमा पूर्णरुपमा लकडाउन हुने जानकारी दिएका हुन् । उनले आइतबारसम्म आवश्यक सामान किनमेल गरिसक्न अनुरोध गरेका छन् । बिहीबार मात्रै आसाममा २७६ नयाँ संक्रमित भेटिएको जसमा १३३ जना गुवाहाटीका रहेको उनले बताए।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)