हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भारतीय सीमामा पसेको पाकिस्तानी ड्रोनलाई गोली हानेर खसालियो

शुक्रबार पञ्जाबको अमृतसर क्षेत्रमा भारत–पाकिस्तान सीमामा रहेको डोके गाउँमा भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले एक ड्रोनलाई गोली हानेर खसालेका छन् । बीएसएफको दाबी छ, उक्त ड्रोन पाकिस्तानबाट भारतमा प्रवेश गरेको हो ।

Advertisement

बीएसएफका अनुसार भारत–पाकिस्तान सीमामा एक संदिग्ध ड्रोन उडेको आवाज सुनिएको थियो जसलाई बीएसएफका जवानहरूले गोली हानेर खसालेका थिए । घटनापछि पुरै क्षेत्रलाई घेराबन्दी गरेर प्रहरी र सम्बन्धित एजेन्सीलाई यसबारे जानकारी दिइएको थियो ।

Advertisement

समाचार एजेन्सी एएनआईका अनुसार बीएसएफका जवानले ड्रोनमा लागू औषधको दुई प्याकेट बरामद गरिएको थियो । त्यसको तौल २।५ किलोग्राम रहेको थियो । –बीबीसी हिन्दी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)