हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारत सरकारले नेपाललाई दियो २३ टन औषधि

 भारत सरकारले कोभिड(१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेको छ । कोभिड: १९ विरुद्ध लड्न भारतले नेपाललाई उपलब्ध गराएको औषधि बुधबार हस्तान्तरण गरिएको छ। उक्त परिमाणको औषधि प्राप्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँको सरकारलाई धन्यवाद दिएका छन् ।

Advertisement

उनले कोरोनाविरुद्ध लड्न २३ टन औ‍षधि दिएको आभार व्यक्त गर्दै आपसी सहयोग कायमै राख्ने बताएका छन् । ‘भारतले दिएको २३ टन औषधिका लागि प्रधानमन्त्री मोदीजी र भारत सरकारप्रति आभारी छौं’ उनले भने, ‘यो औषधि भारतीय राजदूतमार्फत स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण भइसकेको छ । अब यसलाई कोभिड:१९ अभियानमा लगाउँछौं।’

Advertisement

भारतीय राजदूत विनय मोहन क्‍वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । भारतको तर्फबाट नेपालीलाई दिइएको औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाइड्रोक्सिक्लोरोक्‍विनको २.५ लाख डोजसहित ८.२५ लाख डोज अत्यावश्यक औषधि रहेको छ ।

‘कोभिड(१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न हाम्रा नेताहरुले प्रतिबद्धता जनाएका छन्’, भारतीय दूतावासले भनेको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चैत २ गते सार्क राष्ट्रका नेतासँग गर्नुभएको भिडियो कन्फरेन्समा सार्क कोभिड:१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्नु भएको थियो।’ ओलीलाई तत्कालै ट्‍विटरमार्फत जवाफ दिँदै भारतीय प्रधानमन्त्री मोदीले नेपाल(भारत सम्बन्ध विशेष रहेको उल्लेख गरेका छन्।

‘नेपाल भारतबीचको सम्बन्ध विशेष छ। दुई राष्ट्रबीचको सम्बन्ध दाह्रो मात्रै नभएर धेरै गाढा र गहिरो पनि छ’, उनले भनेका छन्, ‘भारत सरकार कोरोना भाइरसविरुद्ध लडिरहेका नेपाल सरकार र नेपाली जनताको अभियानमा बलियो साथ दिन तत्पर छ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)