समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

मतगणना अपडेट: दुई तिहाइको बाटोमा रास्वपा, अन्य दलको अवस्था कमजोर

झापा । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्ट अग्रता दिएको छ। हालसम्म ३५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
सार्वजनिक परिणामअनुसार रास्वपाले एक्लैले २५ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। नेपाली कांग्रेसले ५ क्षेत्रमा जित निकाल्दा नेकपा (एमाले)ले २ र नेकपाले २ क्षेत्रमा सफलता पाएका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।

अहिलेसम्म मतगणना जारी रहेका अन्य निर्वाचन क्षेत्रमा पनि रास्वपाकै दबदबा देखिएको छ। उपलब्ध तथ्यांकअनुसार ९२ क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको छ। कांग्रेसले ९, एमालेले १०, नेकपाले १०, श्रम संस्कृतिले ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ क्षेत्रमा अग्रता बनाएका छन्।

विज्ञापन (Advertisement)Advertisement

प्रत्यक्षतर्फको मत परिणामसँगै समानुपातिकतर्फको गणना पनि सुरु भइसकेको छ। प्रारम्भिक परिणामले समानुपातिकतर्फ पनि रास्वपाले नै अग्रता बनाएको देखाएको छ। अहिलेसम्मको गणनाअनुसार रास्वपाले करिब ५७ प्रतिशत मत प्राप्त गरेको छ।

प्रत्यक्षतर्फ प्राप्त नतिजा र समानुपातिकतर्फको प्रारम्भिक मतपरिणामलाई हेर्दा रास्वपाले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नजिक पुग्ने सम्भावना बलियो देखिएको छ। यद्यपि अन्तिम परिणाम आउन बाँकी रहेकाले समग्र राजनीतिक सन्तुलन कस्तो रहनेछ भन्ने विषय मतगणना सम्पन्न भएपछि मात्रै स्पष्ट हुनेछ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)