हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

महरालाई छुटाउन रोशनीले दिएको निवेदन दरपीठ,

पुर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जेलबाट छुटाउन माग गर्दै यौन दुर्व्यवहार पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा दिएको निवेदन दरपीठ भएको छ ।

Advertisement

महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनेर जिल्ला अदालत काठमाडौंले दिएको आदेश बेठीक भएको र आदेश खारेज गर्न माग गर्दै रोशनीले उच्च अदालतमा निवेदन दिएकी थिइन् ।रोशनीको निवेदन बेरीतको भएको भन्दै उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले दरपीठ गरेका छन् ।निवेदन दरपीठ भएपछि रोशनीले न्यायाधीशलाई सम्बोधन गरेर अर्काे निवेदन दिएकी छन् ।

Advertisement

दरपीठको निर्णय बेठीक भएको भन्दै रोशनीले न्यायाधीशसमक्ष अर्काे निवेदन दिएको र त्यो निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले बताए ।

उच्चका न्यायाधीशले रोशनीको पक्षमा निर्णय गरेमा मात्रै उनको निवेदन न्यायिक प्रक्रियामा समावेश हुनेछ । रोशनीमाथि यौन दुर्व्यवहार गरिएको मुद्दामा महरा थुनामा रहेका छन् भने रोशनीले महराको बचाउमा वकालत गर्दै आएकी छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)