हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ४० पुग्यो

भारतको महाराष्ट्रमा सोमबार बहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ४० पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ ले जानकारी दिएको छ ।

Advertisement

उक्त फोर्स्ले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा पनि ४० जनाको ज्यान गएको र अरु २५ जनाको उद्धार गरिएको थियो । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो । तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको बताइएको हो । सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

Advertisement

सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ ले जनाएको छ । तर पनि त्यहाँ बस्ने नागरिकको संख्या धेरै रहेकाले धेरैको ज्यान गएको उक्त एनडिआरएफका अधिकारीहरुले बताएका छन् ।

थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको भन्दै बुधबारसम्म त्यहाँ रहेका ४० जनाको ज्यान गएको उद्धार अधिकारीहरुले जानकारी दिएका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)