हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

“म भए जित्ने अरु भए न जित्ने” भन्ने अहमता त्यागेर संगठन विस्तारमा जुटौः विशाल भट्टराई/पोलिटब्युरो सदस्य एमाले

हल्दिबारी, १२ जेठ । नेपाल कम्यूनष्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले “म भए जित्ने अरु भए न जित्ने भन्ने” अहमता त्यागेर संगठन विस्तारमा अगाडी बढ्न हल्दिबारी एमालेका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Advertisement

आज हल्दिबारी गाउँ अधिवेशनको उत्घाटन् गर्दै नेता भट्टराईले आफु भित्र रहेको अहमता त्यागेर संगठन विस्तारका गर्दै ८४ को लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन । एकले अर्कालाई नस्विकार्ने भएकै कारण हल्दिबारीमा एमाले कम्जोर भएको इगित गर्दै नेता भट्टराईले भरसक सर्व सम्मत नभए स्वच्छ प्रतिस्पर्धा द्वारा नेत्रित्व चयन गर्नु पर्ने समेत बताएका थिए ।

Advertisement

उक्त अवसरमा एमाले केन्द्रिय सदस्य अमृतलाल राजवंशी, प्रदेशसभा सदस्य माननिय छविलाल चुडाल, प्रदेश कमिटि सदस्य बसन्त बानिया, जिल्ला कमिटि सचिव तुलसी कार्की, जिल्ला सदस्य ललिता बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियो ।

नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको खुल्ला सत्रको संचालन कार्यवाहाक सचिव हरिकृष्ण अधिकारीले गरेका थिए । यहि १२ र १३ गते हुने दोस्रो गाउँ अधिवेशनबाट नयाँ नेत्रित्व चयन हुनेछ । हल्दिबारीमा एमाले निकै राम्रो अवस्था हुँदा हुँदै आपसि गुट, द्वन्दका कारण कम्जोर बन्दै गएको अवस्थामा अब बन्ने नयाँ नेत्रित्वमा सवै पक्षलाई समेटेर गुटको अन्य गर्दै नलाने हो भने स्थानिय तहमा जितेका वार्ड समेत गुमाउनु पर्ने हुन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)