हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

“रातको झगडा बिहान लासमा परिणत”: झापाको लसुना घटनाले गरायो सबलाई स्तब्ध

झापा, साउन २१ । झापा जिल्ला झापा गाउँपालिका–१ लसुना निवासी ६० वर्षीय जतन सोरेन हिजो साउन २० गते राति करिब २२:३० बजे मद्यपान गरेर आएका थिए। उनले आफ्नो छिमेकी महादेव टुडुको घरछेउको गल्लीमा आएर हल्ला र कामन थालेपछि स्थानीय बासिन्दाहरुले उनलाई नियन्त्रणमा लिएका थिए।

Advertisement

महादेव टुडु लगायत केही व्यक्तिहरुले जतन सोरेनलाई शान्त गराउने उद्देश्यले आफ्नो घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरी प्रयोग गरी बाँधेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement

तर, भोलिपल्ट साउन २१ गते बिहान करिब ४:०० बजे उनी मृत अवस्थामा फेला परेपछि घटनाले गम्भीर मोड लिएको छ। तत्कालै इलाका प्रहरी कार्यालय कुमरखोदलाई जानकारी गराइएको थियो।

घटनापछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, छिमेकी ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा, चन्द्रगढी ल्याइएको प्रहरी स्रोतले जनाएको छ।

अन्य फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको र घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा विशेष अनुसन्धान टोली खटाइएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)