हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

राप्रपा कमजोर हुँदा राष्ट्रियतानै  कमजोर भयो : राजेन्द्र लिङ्गदेन 

प्रतिनिधिसभा सांसद एवं राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले लिपुलेक, कालापानी, लिम्पियाधुरा जस्ता नेपाली भूमि समेटेर भारतले नक्सा सार्वजनिक गर्दा पनि सरकारले कुनै ठोस कदम नचाल्नु गम्भीर चिन्ताको विषय भएको बताउँदै राप्रपा कमजोर हुँदा राष्ट्रियता कमजोर हुने इतिहासले फेरि एक पटक प्रमाणित गरेको धारणा व्यक्त गरेका छन् ।

Advertisement

राप्रपा लमजुङले सुन्दरबजार नगरपालिकाको परेवाडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री लिङ्देनले संसारको पुरानो राष्ट्रमध्ये एक देश नेपाल कमजोर हुँदै गएको बताए ।

Advertisement

आज अरुसँग मागेर खानुपर्ने देश बन्नुमा दोषी को र कारण के भनेर जनताले खोजी गर्नुपर्छ । देशको विकास, समृद्धि र समुन्नतिको बाधक राजा र राजसंस्था भनियो तर आज राजालाई पाखा लगाइएको १३ वर्षमा देशले के पायो ? जनताले अब हिसाब माग्नुपर्ने बेला आएको छ,’ सांसद लिङ्देनले भने ।

निर्वाचन भएको २ वर्षको अवधिमा कांग्रेस र कम्युनिस्टले जितेका अधिकांश ठाउँमा विकासको गति सुस्त रहेको, भ्रष्टाचार तल्लो तहसम्म फैलिएर गएको दृष्टान्त प्रस्तुत गर्दै उनले मतदाताले आसन्न उपनिर्वाचनमा फेरि पनि असफल दललाई मतदान गरेर भ्रष्टाचारलाई अनुमोदन गर्ने छैनन् भन्ने विश्वास व्यक्त गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)