हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रास्वपाबाट उपनिर्वाचनमा लामिछाने चितवन २, वाग्ले तनहुँ १ र खरेल बारा २ मा उम्मेदवार बन्ने

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन लड्ने उम्मेदवारहरू सार्वजनिक गरेको छ । रास्वपाले शनिबार पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछाने, अर्थशास्त्री स्वर्णिम वाग्ले र पूर्वडीआईजी रमेश खरेल २०८० वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेको हो ।

Advertisement

रास्वपाका सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २, वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र खरेल बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने भएका छन् । शनिबार पत्रकार सम्मेलनमा नै उम्मेदवारहरूलाई टिकट वितरण गरिएको थियो ।

Advertisement

२०७९ मंसिर ४ को निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने सर्वोच्च अदालतले नागरिकता खारेज गरिदिएपछि पद खारेज भएको थियो । कांग्रेसमा सक्रिय रहेका वाग्ले चैत १६ गते रास्वपामा जाने निर्णयमा पुगेका थिए । उनले कांग्रेस नेतृत्वलाई विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।

खरेल भने गत मंसिरको चुनावमा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी गठन गरेर काठमाडौं १ मा उम्मेदवार बनेका थिए । काठमाडौं १ मा उनी पाँचौं भएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)