हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रेखाले गरिन् दोस्रो विहे

काठमाडौं । नेपाली सिने जगतकी ‘चर्चित’ अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छिन्। उनले बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् ।

Advertisement

उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन् । थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ।

Advertisement

यो उनको दोस्रो विवाह हो । यसअघि उनले चलचित्र निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मन, काली, जाउ हिड पोखरालगायत चलचित्रमा अभिनय गरेकी छिन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)