हल्दिबारी गाउँपालिका वडा नं.–३ स्थित लक्ष्मी माध्यमिक विद्यालय मा हिजो एक विशेष कार्यक्रमका बीच २०६९ सालका पूर्व विद्यार्थीहरूले विद्यालयप्रति आफ्नो अपनत्व र जिम्मेवारी भाव प्रकट गर्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

विद्यालयमा अध्ययनरत बाल विकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। पूर्व विद्यार्थीहरूको यस सहयोगले साना बालबालिकाको पठनपाठनमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास गरिएको छ। पूर्व विद्यार्थीहरूले शैक्षिक सामग्रीसँगै विद्यालयलाई भित्तेघडी पनि प्रदान गरेको थिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णुमाया तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेले पूर्व विद्यार्थीहरूले विद्यालयलाई सम्झिँदै गरेको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विद्यालयको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि यस्ता सकारात्मक सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। पूर्व विद्यार्थीहरूको यस उदाहरणीय कार्यलाई स्थानीयले प्रशंसनीय सामाजिक योगदानका रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार