समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

लागुऔषध सहित २० वर्षीय युवक पक्राउ

झापा, झापा गाउँपालिका वडा नं. ५ पन्थापडा बस्ने २० वर्षीय अडसाद अलि बाह्रदशी वडा नं. ३ राजगढबाट चारपानेतर्फ जाँदै गर्दा प्रहरीले लागू औषधसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज साँझ ७:२८ बजे विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीसँगको मोसा नं. मे ८ प ८१४० जाँच गर्दा ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित पक्राउ गरेको हो।

विज्ञापन (Advertisement)Advertisement

नियन्त्रणमा लिइएको पदार्थ पाँच थान प्लास्टिक पोका र कुल ६३ ग्राम (०.०२ ग्राम मिलिग्राम सहित) रहेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र जिल्ला प्रहरी टोलीले संयुक्त रुपमा कार्यवाही गरेको जानकारी दिएको छ। थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)