झापा ।लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ। परिवारका अनुसार आइतबार बिहान भारतको नयाँदिल्लीस्थित निवासमै अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका हुन्।
४३ वर्षका तामाङ केही समयदेखि नयाँदिल्लीमै बस्दै आएका थिए। उनको निधनको खबर फैलिएसँगै नेपाली तथा भारतीय संगीत–मनोरञ्जन क्षेत्रमा शोक छाएको छ। कलाकार, संगीतकर्मी र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।
दार्जिलिङमा जन्मिएका तामाङ ‘इन्डियन आइडल’ सिजन–३ का विजेता हुन्। सन् २००७ मा उक्त रियालिटी शो जितेपछि उनी अन्तर्राष्ट्रिय रूपमा चिनिएका थिए। गायनसँगै उनले नेपाली चलचित्रमा अभिनय पनि गरेका थिए। गोर्खा पल्टन, परदेशी लगायतका चलचित्रमा उनको अभिनय देख्न सकिन्छ। नेपाली लोक–आधुनिक शैलीका उनका गीतहरू व्यापक रूपमा लोकप्रिय छन्।
संगीत यात्राका क्रममा उनले नेपाली भाषासँगै हिन्दी गीतहरू पनि गाएका थिए। सरल व्यक्तित्व र राष्ट्रप्रेमी छविका कारण उनी दर्शक–श्रोतामाझ विशेष प्रिय थिए।
तामाङको पार्थिव शरीर र अन्त्येष्टिसम्बन्धी कार्यक्रमबारे परिवारले पछि जानकारी दिने जनाएको छ।
समाचार
हल्दिबारी संवाददाता
६ महिना अगाडि
लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन
विज्ञापन (Advertisement)