हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ घण्टा अगाडि

विद्युतीय कसुर मुद्दामा अभियान्ता वेदीका केसी पक्राउ

काठमाडौं । प्रहरीले अभियान्ता वेदीका केसीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बिहीबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

Advertisement

​साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार केसीविरुद्ध विद्युतीय कसुरसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

Advertisement

​आफूलाई धर्मभित्र व्याप्त गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियान्ताका रूपमा चिनाउँदै आएकी वेदीका पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा थिइन्। उनले दिएका अभिव्यक्ति र प्रस्तुतिलाई लिएर कथावाचिका राधिका दासीले ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)